पोखरामा नहरले बगाउदा एक बालकको ज्यान गयो

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०८० मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, २६ साउन/ पोखरामा नहरले बगाउदा एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय सम्बोधन अधिकारीको ज्यान गएको हो ।

बिहीबार दिऊसो पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका उनको झन्डै एक घण्टापछि शव भेटिएको हो । उनको शव भिरमा पानीले खसालेको अबस्थामा सशस्त्र प्रहरीले भेटाएको हो ।

बालक बेपत्ता भएको खबर पाए लगत्तै उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले बालकको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।