सामुदायिकमा विन्ध्यबासिनी मावि र सस्थागत तर्फ मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८० मा प्रकाशित


मदरल्याण्ड मावि

मदरल्याण्ड मावि

पोखरा, २४ साउन/ एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् ।

५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइ मा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ ।

कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो । विद्यालयबाट २०७९ को एसइइ मा ७९ जना विद्यार्थी सामेल भएका थिए ।

त्यसै गरी एसइइ नतिजामा अमरसिंह माविले २३२ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ०७९ प्रतिशत जिपिए ल्याइ कास्की जिल्लामा दोस्रो, १०७ जना विद्यार्थी सहभागी गराइ ३ दशमलव ०६५ प्रतिशत जिपिए ल्याइ सितलादेवी मावि तेस्रो र ७१ जना विद्यार्थी सामेल गराइ भुर्जुङखोलाको माछापुच्छ्रे माविले २ दशमवल ९५२ प्रतिशत जिपिए ल्याइ कास्किमा चौथो स्थान हासिल गरेको छ ।

त्यसै गरी सस्थागत विद्यालय तर्फ मदरल्याण्ड मावि मासबरले १५१ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ४७७ प्रतिशत जिपिए ल्याइ कास्की जिल्ला प्रथम भएको छ । शिसु निकेतन बोर्डिङ बिरौटा ३ दशमलव ४५९ प्रतिशत, गण्डकी बोर्डिङ लामाचौरले ३ दशमल ४१९ र केफ स्कुल सिम्पानी ३ दशमलव ३६२ प्रतिशत जिपिए ल्याइ क्रमश कास्की जिल्लामा दोस्रो, तेस्रो र चौथो भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जानकारी दिएको छ ।