
सेतीको पुलमा साइकल चिप्लीदा सेती नदिमा खसेर एक जना बेपत्ता
पोखरा, २३ साउन/ पोखरा २९ पटनेरीस्थित सेती नदिमा खस्दा एक जना बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदिको पुलबाट खस्दा बेपत्ता भएका हुन् ।
पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा जादाँ चिप्लीएर मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजि थालेको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।
यो पुलमा एक तर्फ पोखरा महानगर पालीका वडा नम्बर २९ पटनेरी पर्छ जहाँ वडाले तार जाली लगाएको छ भने वडा न ३३ तिरको पुलको भाग खुल्लै छ । त्यही ठाउँबाट उनी खसेका थिए ।







