
पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ११ औ स्थापना दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
साउन २४ गते पोखरा ट्रेडमा सामुदायिक विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए ।
पोखरा ः पर्यटन र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सन्तोष कुमार घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय सान्त्वना पुरस्कार क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँ रहेको उनले बताए । कार्यक्रमले पर्यटकीय नगरी पोखरा र यस सम्बन्धमा बालबालिकाको धारणा बुझ्ने र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा बुझ्न सजिलो हुने प्रालिका अध्यक्ष काफ्लेले बताए ।
चिप्लेढुंगास्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि सामूहिक लगानीमा निर्मित व्यावसायिक भवन हो । मलमा सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका सबै खाले सामानहरु पाउछन् ।





