आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल बुधबारदेखि ३ दिन बन्द

-


     क्लिक गण्डकी     
     श्रावण २२ गते २०८० मा प्रकाशित


पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह

पोखरा, २२ साउन/ आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएको छ ।

आँखा पाक्ने रोगका कारण विद्यार्थी आउने क्रम घटेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुबेदी जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ ।

उनले मंगलबार जनचेतनामूलक कार्यक्रम गर्ने र बुधबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।