
पोखराको सडकमा फोहोर तस्बिरः सुर्दशन रञ्जित
पोखरा, २२ साउन/ पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको छ ।
महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।
रिटको उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो ।
आइतबार महानगरको जवाफ पछि न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालासले निवेदकको अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
स्थानीयको अवरोधका कारण पोखरा महानगरको फोहोर ११ दिनदेखि उठाउन रोकिएको छैन । फोहोर बोकेका गाडी ल्यान्डफिल साइट लैजान नपाए पछि सडक मै फोहोर थुपारीएको छ ।





