
क्यानोनिङ फाइल तस्बिर
पोखरा, ११ साउन/ कास्कीको माछापुच्छे गाउँपालिका ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडी एक युवतीको मृत्यु भएको छ ।
बुधबार क्यानोनिङ गर्ने क्रममा पोखरा २६ बुढीबजारकी २२ बर्षिय अन्जिता भण्डारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
क्यानोनिङ गर्ने क्रममा घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरेको छ ।





