त्रिभुवन विमानस्थलमा ठुलोमात्रामा सुन बरामद

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०८० मा प्रकाशित


सुन

सुन

काठमाडौं, ३ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलोमात्रामा सुन बरामद गरिएको छ । राजश्व अनुसन्धान विभागको विशेष टोलीले सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्रोतले जानकारी दिएको छ ।

चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिए छ । सुन ५० किलो भन्दा धेरै भएको अनुमान छ ।
८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो ।

त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ । भन्सारबाट जाँचपास सकेर लैजान लागेको सामाना सुन ल्याएको भन्नै गोप्य सुचनाका आधारमा राजश्व अनुसन्धानको टोली पुगेको हो । अहिले मुचुल्का तयार हुँदैछ । सुन धेरै भएकाले परिमाण खुलिसकेको छैन ।



Tags: