पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डार, मन्त्री रिजालले गरे उद्घाटन

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम

नेपाल आयल निगम

पोखरा, १ असार/ नेपाल आयल निगमले पोखराको गगन गौडामा १० हजार किलो लिटर डिजलको भण्डारण गृह सुरु भएको छ । सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र उद्घाटन गरे ।

सञ्चालनमा आए सगँ डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको छ । १० हजार के एल क्षमताको दुई वटा भर्टिकल ट्यांकरहरू र फायर वाटर टंक रहेको छ ।
सरकारको नीति तथा कार्यक्रममा समेत पेट्रोलियम पदार्थका सहज आपूर्ति पुराउन भण्डारण तयार पारेको बताएका छन् । यसले देशको अर्थतन्त्रमा विकास र सहज पहुज पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए ।

निगमले तयार परेको डिपोले आगामी ऊर्जा अभावलाई कम गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । भण्डारणले पोखरा मात्र नभएर अन्य जिल्लालाई समेत यसको प्रयोग गर्न सकिने उनले बताए ।

देशको आधुनिक विकासको लागि ऊर्जामा सहज पँहुच आवश्यक रहेको नेपाल आयल निगमका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले बताए । मरासिनीले स्वचालित मूल्य प्रणालीलाई दिगो लैजानु पर्नेमा जोड दिए । डिपो ७७ रोपनी जग्गामा भण्डारण गरिएको छ । २ वर्ष ६ महिनाको अन्तरालमा यसको निर्माण सम्पन्न गरिएको हो । यसको लागत ८९ करोड रुपैयाँ रहेको छ ।

सुन्दर पर्यटकीय शहर पोखरा र पर्यटकीय हबको रुपमा रहेको गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भईरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ ।



Tags: