गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     असार २७ गते २०८० मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीको अवसरमा शुक्रबार सार्वजनीक बिदा दिएको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णय अनुसार असार २९ गते शुक्रबार बिदाको निर्णय गरेको थियो ।

सघं सरकारले दिएको बाहेक प्रदेशलाई वर्षमा ६ विदन बिदा दिने अधिकार अन्तरगत रहेर बिदा दिएको हो ।