
Rowin Tamang
काठमाडौं, २० असार/ गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो । रोविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन गरेपछि प्रहरी निरीक्षक दिपेन्द्र चन्द सहितको टोली उनको घरमा पुगेको थियो ।
रोविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन् । उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको भएपछि उनले रोविनलाई फोन गरेकी थिइन् । रोविन दोस्रो तलामा बस्थे । उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रोविनले कुनै प्रतिक्रिया दिएनन् ।
त्यसपछि उनकी श्रीमतीले रोविनकी दिदीलाई फोन गरेकी थिइन् । दिदीको फोन पनि नउठाएपछि प्रहरी कन्ट्रोलमा फोन गरेरका थिए । प्रहरीले बाहिरबाट भ¥याङ लगाएर झ्यालबाट हेर्दा खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा देखीएका थिए ।
रोविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेका थिए । तर शव चिसो भइसकेको थियो । प्रहरीले घटनास्थलमा शंकास्पद केही पनि शंकास्पद नभिएको बताएका छ । उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने मात्रै खुल्ने प्रहरीको भनाई छ ।
रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ’छड्के’ मा अभिनय गरेका थिए । त्यस बाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन् ।
उनका ’चिसो चिसो हावामा’, ’जति माया लाए पनि’, ’भुलमा भुलियो’ लगायत गीत चर्चित छन् ।





