मुग्लिन–नारायणगढ सडक तत्काल खुलाउन कठिन, वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

-


     क्लिक गण्डकी     
     असार १५ गते २०८० मा प्रकाशित


मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ

सडक फाइल तस्बिर

पोखरा, १५ असार/ पहिरो खसिरहे पछि मुग्लिन–नारायणगढ सडक तत्काल खुलाउन कठिनइ भएको छ । बिहीबार दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

प्हिरो गएपछि अवरुद्ध सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।