पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ

-


     क्लिक गण्डकी     
     असार १ गते २०८० मा प्रकाशित


पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ

पोखरा, १ असार/ पोखरा महानगरपालिका वडा नम्बर १० अम्मरसिंहचोक नागिनटोल शिवमन्दिर नजिक वरपरका मानिसहरुलाई नक्कली सुन देखाई सक्कली सुनका गरगहना र नगद लुट्ने २ जना पक्राउ गरेको छ ।

जेठ ५ गते ठगि गरेको सुचना पाए पछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलिले जेठ ३२ गते पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका २६ अर्घौचोकमा शंकास्पद अवस्थामा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० कोगटीका ४४ बर्षिय बिमल तामाङ र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा २ बस्ने ४१ बर्षियका सन्तोष मगरलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ धातु, ३ वटा मोवाईल र नगद ५ हजार ४ सय ३५ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा १० दिन म्याद थप गरेको छ ।