पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ मा अन्तर्राष्ट्रिय उडान

-


     क्लिक गण्डकी     
     असार १ गते २०८० मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, १ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) मा चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पोखरामा हुने बोट रेस प्रतियोगितामा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ ।