प्रदेश स्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८० मा प्रकाशित


प्रदेश स्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई

प्रदेश स्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई

पोखरा, ३० जेठ/ प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ । पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

पायोनियरले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्दा एसओएसले नगद २० हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा ज्ञानबगौचा स्कुल तनहुँले तेस्रो स्थान हात पार्द स्नोभ्यु हेम्जाले चौथो स्थान हात पा¥यो । ज्ञानबगौचाले नगद १० हजार सहित मेडल र प्रमाण पत्रप्राप्त गर्दा स्नोभ्युले नगद ५ हजार प्राप्त गर्न सफल भयो ।

एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्ने उद्देश्यले मदरल्याण्ड मावि पोखराले प्रदेश स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्य, विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्लसटु इनचार्ज नारायण आचार्य, सञ्चालक कृष्ण बराल, विद्यालयका अङ्ग्रेजी विभागीय प्रमुख बामनकुमार घिमिरे लगाएतले पुरस्कार वितरण गरेका थिए ।



Tags: