पोखरामा स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ २८ गते २०८० मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, २८ जेठ/ पोखराको एक स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु भएको छ ।

पोखरा १६ बाटुलेचौरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पोखरा ८ का १० वर्षीय ऐनक्स थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पौडी खेल्दा डुबेर बेहोस भएका उनको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।