
पोखरामा भ्रष्टाचारविरुद्ध कविता र नाटक
पोखरा, ३० बैशाख/ पोखरामा भ्रष्टाचारविरुद्ध नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको पृथ्विचोकमा साहित्यकार, कलाकार, वकिल, नागरिक समाजका व्यक्तिहरुले भ्रष्टाचारको जालो चुडाल्नु पर्नेमा जोडदिए । शनिबार पोखरामा आह्वान गरेको भ्रष्टाचार तथा त्यसको ढाकछोपविरुद्धको कार्यक्रममा आधा दर्जन कविले कविता वाचन गरे र सडक नाटकबाट भ्रष्टाचारलाई छाड्न नहुनेमा जोड् दिए ।
राजनीतिक दलका नेताहरु नै जोडिएको नक्कली भुटानी शरणार्थीदेखि विभिन्न भ्रष्टाचारका प्रकरणमा निष्पक्ष छानबिन र कारवाहीका लागि अहिले देशैभरि विरोध कार्यक्रम भइरहेको छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरुले नै अनुसन्धानमा तानिएका छन् । भ्रष्टाचारमा आफ्नो र अर्काको कसैलाई नभनी कार्वाही गर्नु पर्ने कलाकार अनुप बराल बताउ छन् । बरालले राज्य संयन्त्रबाटै अपराधिक काम भइरहेकाले नागरिक तहबाटै विरोध हुनुपर्ने बताए । उनले नेपालीलाई शरणार्थी बनाउने राज्य संयन्त्रबाटै संगीन अपराध भएको आरोप लगाए ।
नेपालीलाई शरणार्थी बनाउने राज्य संयन्त्रबाटै संगीन अपराध भएको कार्यक्रमका वक्ताहरुको भनाई थियो । अभियन्ता गनेस पौडेलले पाइलापाइलामा भ्रष्टाचार बढेर गएकाले नागरिकले विद्रोह गर्नुपर्ने बताए । विरोध कार्यक्रममा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मौलाइरहेको भ्रष्टाचार र विभिन्न राजनीतिक चलखेल र हस्तक्षेपविरुद्ध सांकेतिक प्रस्तुति राखेका थिए ।







