गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुदै

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २९ बैशाख/ गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । शुक्रबार ४ बजे थप ४ जना मन्त्रीले शपथ ग्रहण गर्ने छन् ।

माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् । मुख्यमन्त्री पाण्डे बन्दा कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् ।

आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिने तयारी छ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला सिंखडा सामाजिक विकास मन्त्री बन्नेछन् । एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा छ ।