पोखरामा १४ लाखको बियर नष्ट

-


     क्लिक गण्डकी     
     वैशाख २८ गते २०८० मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा, २८ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रेको बियर नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रणमा लिइएको १३ लाख ९८ हजार रुपैयाँ बराबरको बियर बुधबार नष्ट गरिएको हो ।

पोखरा १७, मुस्ताङचोकस्थित गल्फकोर्सको जग्गामा खाल्डो खनेर म्याद गुजेको बियर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

प्रशासनले मंगलबार ६ सय ५० एमएलको ३ सय १३ कार्टुन, ११ बोत्तल र ३ सय ३० एमएलको ६ कार्टुन, ११ बोत्तल बियर नियन्त्रणमा लिएको थियो ।

उनका अनुसार म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजक सहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । साथै, प्रशासनले म्याद रहेको र गुज्रिएको सामान छुट्टाछट्टै राख्न निर्देशन दिएको छ ।