
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभा, २२ वैशाख/ संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युतको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् ।
दुर्घटनामा पाइलट, का पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानिय भबिन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएका छन् । उनीहरुलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौ पठाउने तयारी भएको छ ।





