गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिदै

-


     क्लिक गण्डकी     
     वैशाख ९ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, ९ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गत चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । तर अधिकारीले विश्वासको मत नपाउने निश्चित छ ।

अधिकारीको पक्षमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन् । माओवादीका ८ जना संसदले समर्थन फिर्ता लिए पछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । अधिकारी पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारीले विश्वसको मत नपाएमा केन्द्र सरकार जस्तै गण्डकीमा पनि नेपाली काग्रेस, माओवादी मिलेर सरकार बनाउने छन् ।



Tags: ,