पोखरामा बसमा राखेको टिभि चोरी गर्ने पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ८ गते २०८० मा प्रकाशित


पोखरामा बसमा राखेको टिभि चोरी गर्ने पक्राउ

पोखरामा बसमा राखेको टिभि चोरी गर्ने पक्राउ

पोखरा, ८ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित पार्किङ गरी राखेको ग १ ख ८९७४ नम्बरको बसबाट टिभि, स्पिकर र क्यासेट चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

फागुन १८ गते राति बसबाट ४२ ईन्चको टिभी १ थान, स्पिकर १ थान, क्यासेट १ थान चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले धादिङ ज्वालामुखी गाउँ पालिका ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन बस्ने वर्ष २६ को बिनोद परियारलाई पक्राउ गरेको छ ।

चोरी गरी परियारले छिमेकीलाई बिक्रि गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले निजलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ ।