पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

-

     क्लिक गण्डकी     
     वैशाख ७ गते २०८० मा प्रकाशित

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखरा, ७ वैशाख/ पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ ।

फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ ६० वर्षीय चालक मुसाफिर दास तत्माको मृत्यु भएको हो ।

फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको प्रहरीको भनाई छ । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काले गर्दै आएका थिए ।

Tags: ,