
सार्वजनिक विदा
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशमा २०७९ मा ६ दिन अतिरिक्त सार्वजनिक विदा थियो ।
२०८० मा भने ३ दिन मात्रै थप विदा हुने भएको छ । आन्तरिक मामिला मन्त्रालयले निकालेको राजपत्र अनुसार भानु जयन्ती, पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसमा मात्रै विदा दिन भएको हो ।
असार २९ गते पर्ने भानु जयन्ती, पूर्णिमा र फागुन ४ गते पर्ने सरकारको स्थापना दिवसमा विदा दिने गरी राजपत्र प्रकाशन गरिएको हो ।





