पोखरामा कोठाभित्रै जलेर एकजनाको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र २१ गते २०७९ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, २१ चैत/ पोखरा १७ विरौटामा कोठाभित्रै जलेर एकजनाको मृत्यु भएको छ । पोखरा १७ विरौटा स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालको जलेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो तीन तले भवनको बिच तलामा आगो लागेर उनेको मृत्यु भएको प्रहरीले जानकाकारी दिएको छ । कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले चुक्कुल फुटाएर उनलाई निकालेको थियो । स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

प्रहरीले ढोका फोरेर हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ । उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा छ ।



Tags: