पोखराको न्युरोडमा माइक्रोबसले स्कुटरलाई ठक्कर दियो

-


     क्लिक गण्डकी     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखराको मुख्यबजार न्युरोड

पोखरा, १७ चैत/ पोखराको न्युरोडमा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् ।

पोखरा ८ का ४८ बर्षीय स्कुटर चालक सुरज थकालीको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराको चिप्लेढुंगा स्थित वीपी चोकबाट सभागृह तर्फ जाँदै गरेको ग १ ज ४५४० नम्बरको माइक्रो बसले सभागृह तर्फ नै जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: