रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

-


     क्लिक गण्डकी     
     चैत्र १० गते २०७९ मा प्रकाशित


कृष्णा ताम्राकार

कृष्णा ताम्राकार

पोखरा, १० चैत/ वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो । लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ ।

यो रेडियो नेपाल हो ।अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । रेडियो नेपालबाट प्रसारण हुने यो सशक्त ध्वनी अब स्मरणमा मात्र हुनेछ। भाषा, सिल्पी र उच्चारणमा स्पष्टताको मानक नै उहाँ हुनुहुन्थ्यो ।



Tags: ,