
मध्यपहाडी राजमार्ग
पोखरा, ७ चैत/ राष्ट्रिय गौरवको आजोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दु देखि जौबारी–याम्दीपुलसम्मको सडक स्थानीको विरोध जारी राखेका छन् । आन्दोलनकारीले पोखरा महानगरपालिका वडा नम्बर १६ को कार्यालय अगाडी विरोध जारी राखेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मध्यपहाडी राजमार्गको भैंसे–ज्याम्दु–मेलबोट–पानीघाट–आंटीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीयले पोखरा १६ को वडा कार्यालयमा मंगलबार ताला लगाएर धर्ना दिए ।
राज्यले स्थानीयलाई जनाकारी नदिइ घरबार नै उठ्ने गरी राजमार्गकालागि रेखांकन गरेकोले आन्दोलनमा उठ्नु परेको पुष्पलाल९मध्यपहाडी० राजमार्ग आयोजना पिडित संघर्ष समिति पोखरा १६ का सचिव सन्दिप थापाले बताए । उनले पहिलो रेखांकन जहाबाट थियो त्यहीबाटै सडक लैजानु पर्ने बताए ।
मध्यपहाडी राजमार्ग अन्तर्गत पोखरा क्षेत्रमा गरिएको अघिल्लो रेखांकनबाट बजार क्षेत्रका धेरै घर पर्ने भएपछि ग्रामिण क्षेत्रको विकास गर्न उद्देश्यले रेखांकन परिर्वतन गरेको पुष्पलाल राजमार्ग योजना कार्यालय कुश्म, पर्वतका योजना प्रमुख नारायणदत्त भण्डारी बताउ छन् । उनले सबै सहमती अनुसार नै सडकको काम आगाडी बढ्ने बताए ।
पहिलो रेखांकन हेम्जाको तिब्तीयन क्याम्पबाट जौबारी पुल–लामाचौर–बाटुलेचौर–मितरी अस्पताल–भलाम–मनिपाल पछाडी हुँदै फूलबारी– माटेपानी –काहुँखोलाको बजार भएर भैसेमा जोडिएको थियो । २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दु देखि जौबारी–याम्दीपुलसम्मको सडकको रेखांकन स्वीकृत गरेको थियो ।
यस खण्डको ३५ किलोमिटर सडक ३ अर्व ४२ करोड लगानीमा बन्न लागेको आयोजनाले जनाएको छ । राजमार्ग निर्माणको ठेक्का तीन वर्षमा सक्ने गरी स्वच्छन्द एपेक्स जेबी काठमाण्डौले पाएको छ ।





