
कुटपिट
पर्वत, ७ चैत/ पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका एक वडा सदस्यलाई स्थानीय युवाले निर्घात कुटपीट गरेका छन् । कुटपीटबाट उनको नाकको डाँडी भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।
गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य पदमा बिजयी भएका ६२ बर्षिय मोती प्रसाद भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई जना युवाहरुले निर्घात कुटपीट गरेको प्रहरीले जानकारी दिएको छ ।
घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्य माथि निर्घात कुटपीट भएको स्थानीयको भनाई छ । स्थानीयले राजनीतिक प्रतिसोधलाई लिएर वडा सदस्य माथि कुटपीट भएको आरोप लगाएका छन् ।
घाईतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीको भनाई छ ।





