एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०७९ मा प्रकाशित


लक्ष्मण रन्जित

लक्ष्मण रन्जित

पोखरा, ७ चैत/ कास्की जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ ।

पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा सोमबार बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित थिए ।

उनको आज बिहान ९ बजे उनको निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार गर्ने स्थानिय सुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने भने उज्जल माइला छोरा हुन्।



Tags: