
बलात्कार
पोखरा, ५ चैत/ १४ वर्षकी बालिकाले आफूमाथी बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा राखेपछि घटनाका सम्बन्धमा पीडित र निजको अभिभावकसंग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरेको छ ।
पीडित पक्षबाट बाल यौन दुरुपयोग भएको जाहेरी दिए पश्चात् आरोप लागेका बालकलाई प्रहरीले नियन्त्रणमा थिएको छ ।
बालकलाई यौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको कास्की प्रहरी प्रवक्ता डिएसपि श्रवणकुमार विकले जानकारी दिए ।





