महर्षि गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

-


     क्लिक गण्डकी     
     चैत्र ५ गते २०७९ मा प्रकाशित


महर्षि गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

महर्षि गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

पोखरा, ५ चैत/ महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल दान सहयोग हस्तातरण गरिएको छ ।

पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा महर्षि गुरुकुल वेद विद्याश्रममा अध्ययनरत विद्यार्थी वटुक र कार्यरत शिक्षक कर्मचारीका लागी दौरा सुरवाल दान सहयोग गर्नुभएको हो ।

विद्याश्रममा आयोजित कार्यक्रममा बोल्दै ज्योतिषि सुनझाँक्रीले विद्याश्रममा अध्ययनरत वेदपाठी ब्राह्मण वटुकलाई आफूले कमाएको धनबाट दान गर्न पाउनु आफ्नो लागि भाग्य र खुसिको कुरा भएको बताउनुभयो । आश्रममा अध्ययनरत विद्यार्थीहरुलाई धर्म संस्कृतिको संरक्षणमा जोड दिदै भोलीका दिनमा उच्च शिक्षा अध्ययन र अन्य कामका लागि आश्रम छाडेर गएपनि कमाएको धन आफै पढेको विद्यालयलाई दान गरिरहन विद्यार्थीहरुलाई प्रेरणा समेत दिनुभयो ।

आश्रमका अध्यक्ष रामचन्द्र पौडेलले विद्याश्रमका विद्यार्थीहरुलाई एउटै पोशाक बनाउनका निमित्त ज्योतिषि परिवारले गरेको सहयोग महत्वपूर्ण र प्रेरणादायि भएको भन्दै प्रशंसा गर्नुभयो । आश्रमका सचिव तथा वडा नं. ३ का वडा सदस्य शान्तिदेवी पराजुलीले आश्रममा अध्ययनरत विद्यार्थीलाई गरेको सहयोग आश्रम परिवारले सदैव स्मरण गरिरहने बताउनुभयो ।

विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ध्यानशिक्षक विरेन्द्र सापकोटाले गर्नुभएको थियो । विद्यार्थीहरुले स्वस्तिवाचन गरि पोशाकदाताप्रति आभार प्रकट गर्नुभएको थियो । पोखरा ३ नारायणस्थानमा रहेको आश्रममा हाल कक्षा ६ देखि १० कक्षासम्म संस्कृत विषयका साथै आधुनिक विषय समेत पठनपाठन हुदै आएको छ । विद्याश्रममा ४५ जना विद्यार्थीका लागी निशुल्क रुपमा आवास, पठनपाठन र भोजनको व्यवस्था रहेको छ ।



Tags: