
पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते
पोखरा, १ चैत/ पोखरा महानगरपालिका १८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । कालिज फार्ममा मंगलबार राति चितुवा पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ बर्यीयका श्रीकृष्ण मल्ल ठकुरी र २३ बर्यीय राजेश तिमिल्सिना घाइते भएका छन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरुलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए ।
उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको उनले जानकारी दिए । मानिसलाई आक्रमण गर्ने चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको उनले जानकारी दिए । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।





