पोखरामा दुई बालक हराए, खोजी गर्न अपिल

-


     क्लिक गण्डकी     
     फागुन २१ गते २०७९ मा प्रकाशित


पोखरामा दुई बालक बेपत्ता, खोजी गर्न अपिल

पोखरामा दुई बालक बेपत्ता, खोजी गर्न अपिल

पोखरा, २१ फागुन/ पोखराबाट दुई बालक बेपत्ता भएपछि परिवार र कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ ।

पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा अघिल्लो शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शर्मा फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको परिवारले कास्की प्रहरीमा खोजी गरिदिन अनुरोध गरेका छन् ।

त्यसै गरी रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव फागुन १९ गते शुक्रबार देखि हराएका छन् । उनीहरु दुबैको खोजी गर्न प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा दुई बालक बेपत्ता, खोजी गर्न अपिल



Tags: