फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०७९ मा प्रकाशित


फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा डुबेकाको उद्धार गर्दै गर्दा तालकिनरबाट हेर्दै ।

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा फाइल तस्बिर

पोखरा, २० फागुन/ शनिबार दिऊसो हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साढे ४ बजेको समयमा चलेको हावाहुरीले तालमा डुंगा पल्टिए पछि उनको शसस्त्र प्रहरीका टोलीले उद्धार गरेको थियो ।

घाइतेको उद्धार पश्चात गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।

अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल शसस्त्र प्रहरीले उद्धार गरेको थियो ।



Tags: ,