फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल

-


     क्लिक गण्डकी     
     फागुन १८ गते २०७९ मा प्रकाशित


फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल

फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल

पोखरा, १८ फागुन/ पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट तेश्रो चरणको खेल सुरु भएको छ । प्रतियोगिताको तेश्रो दिन बिहीबार ६ खेल सम्पन्न भएको क्लबका अध्यक्ष गणेश क्षेत्रीले बताए ।

तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको दोस्रो हापमा शितलज्योती क्लवबाट मन्दीप गुुरुङले गोल गदै खेलमा फर्काउन सफल भएका थिए ।

त्यसैगरी दोश्रो खेलमा कमल पोखरीले कृष्ति एफसीलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमल पोखरीका प्रदीप गुरुङले २ गोल गर्न सफल भए । त्यसैगरी तेश्रो खेलमा एलजी एकतालाई प्रो फिट्सले ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलको अन्तिम समय सम्म पनि दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयको लागि ट्राइबेकरमा पुुगेको हो।

त्यस्तै चौथो खेलमा रत्नचोकले सैनिक एफसीलाई १–० गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा रत्नचोकको तर्फबाट अभिषेक गुुरुङले निर्णायक गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए । त्यस्तै पाँचौ खेलमा सन्देश मेमोरिएलले गन्नी एफसी ९रातो० लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित ग¥यो । खेलको अन्तिम समय सम्म दुुई–दुुई गोलमा बराबरी भएपछि ट्राइबेकरबाट सन्देश मेमोरिएल अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै आजकै छैंटौै खेलमा रत्न समाजले बि र्थटिनलाई ट्राइबेकरमा २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा बि र्थटिनको तर्फबाट सन्देश देबकोटाले एक गोल गर्दै अग्रता बनाएपनि त्यस लगतै रत्न समाजको तर्फबाट बिनय तामाङले गोल गर्दै ट्राइबेकरमा पुु¥याउन सफल भएका थिए। ट्राइबेकरमा रत्न समाजको गोल रक्षकले उत्कृष्ट बचाउ गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५र५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।