
हिक्मतजंग कार्की
पोखरा, १७ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्की नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् ।
नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रिस्तर निर्णयबाट कार्की नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त भएका हुन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर पोखरामा बसोबास गर्दै आएका छन् । दुई वर्षका लागि नगर विकास कोषको सञ्चालक समितिमा नियुक्ति दिइएको हो ।
बोर्डको सदस्यमा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य पनि सदस्य छन् । नगर विकास बोर्डको सदस्यमा नियुक्त भएका कार्की अहिले बेलायतस्थित युनिभरर्सिटी अफ इट लण्डनबाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्दैछन् ।
शहरी विकास मन्त्रालय अन्र्तगत रहेको कोषले ठुला तथा साना सहरको विकास लगायतको क्षेत्रमा काम गर्ने गरेको छ । नगर विकास कोष सञ्चालक समितिको अध्यक्षमा शहरी विकास मन्त्रालयको सचिव रहने व्यवस्था छ ।





