प्रा.डा. रविलाल अधिकारीको निधन

-


     क्लिक गण्डकी     
     फागुन १६ गते २०७९ मा प्रकाशित


प्रा.डा. रविलाल अधिकारी

प्रा.डा. रविलाल अधिकारी

पोखरा, १६ फागुन/ प्राध्यापक डाक्टर रविलाल अधिकारीको मंगलबार निधन भएको छ । अधिकारी पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागका प्रमुख भइ लामो समयसम्म प्राध्यापन गरेका थिए ।

गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए । उनी समालोचकका रुममा बढि चर्चित थिए ।

उनी क्यान्सर सहित अन्न रोगबाट बिरामी अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । अधिकारी चार दिनअघि मात्र काठमाडौंमा उपचारपछि पोखरा फर्किएका थिए ।