
बालेन शाह
पोखरा, १३ फागुन/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएको केही घण्टापछि मैले हार मानेको छैन भन्दै लेखेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको लेखेका थिए ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन् ।
उनले त्यसको केही घण्टामा पछि अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । I dont Give Up
भन्दै लेखेका छन् ।






