मेयर बालेनले भने मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ

-


     क्लिक गण्डकी     
     फागुन १३ गते २०७९ मा प्रकाशित


बालेन शाह

बालेन शाह

पोखरा, १३ फागुन/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको लेखेका छन् ।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन् ।



Tags: