बालक डुबेको खुँडेपोखरीमा तारबार लागउन पोखरा महानगरका प्रमुख आचार्यको निर्देशन

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०७९ मा प्रकाशित


बालक डुबेको खुँडेपोखरीमा तारबार लागउन पोखरा महानगरका प्रमुख आचार्यको निर्देशन

बालक डुबेको खुँडेपोखरीमा तारबार लागउन पोखरा महानगरका प्रमुख आचार्यको निर्देशन

पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ पस्याङ स्थित खुँडेपोखरीमा डुबेर ४ वर्षीय बालक सुहान केसीको ज्यान गएको घटना प्रति पोखरा महानगरपालिका गहिरो दुख व्यक्त गरेको छ ।

पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्ग बस्दै आएकी सुनिता केसीका ४ वर्षीय छोरा सुहान सोमबार साँझदेखि सम्पर्क विहीन भएकामा खोजी गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको मृत शरीर खुँडेपोखरीमा फेला पारेको थियो ।

घट्नाले महानगरपालिकालाई निकै मर्माहत बनाएको भन्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीलाई तत्काल सुरक्षित बनाइने बताए ।

घट्नाको जानकारी पाए लगत्तै पोखरीको स्थलगत निरीक्षण गरी तत्काल पोखरीको चारै तर्फको भागलाई सुरक्षित बनाउन उनले निर्देशन दिए । पोखरी सरसफाइ गरी चारै तर्फको भागमा तार बार सहित पोखरी संरक्षणका लागि आवश्यक व्यवस्थापन गर्न वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल सहितका जनप्रतिनितिहरुलाई उनले निर्देशन दिए ।

त्यसका लागि पोखरा महानगरपालिकाले आवश्यक समन्वय गर्ने उनले बताए । प्रमुख आचार्यले बालकको खोजी तथा उद्धार कार्यमा खटिनुभएका सुरक्षाकर्मी सहित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद सहित आभार व्यक्त गरे ।

असावधानी बस् पोखरीमा डुबेर ज्यान गुमाएका बालक सुहान प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा पोखरा महानगरपालिका गहिरो समवेदना व्यक्त गरेको छ ।



Tags: , ,