संगम कप विल स्मृति फुटबल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०७९ मा प्रकाशित


संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा

पोखरा ९, फागुन/ भ्याली स्पोटेर्स क्लव, ढिकुर पोखरीको ए-पेक्सको समुह र नव आर्दश सामुदायिक विकास समाजले पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेका छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रि-क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समुह नै क्वाटरफाइनलमा प्रबेश गरेको आयोजक संगम क्लवले जनाएको छ ।

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लवले हेमजा यूनाइटेड क्लवलाई ३-० को सहज जित दर्ता गर्यो । भ्यालीको जितमा अजय श्रेष्ठले दुई र फनस कार्कीले एक गोलको योगदान दिए । श्रेष्ठले खेलको १५ र २१ मिनेटमा गोल गरे भने कार्कीले २५ मिनेटमा गोल गरे ।

निकै प्रतिष्प्रर्धामा भएको दोश्रो खेलमा जित निकाल्न ए-पेक्सले सडेनडेथको सहायता लिनु पर्यो । ए-पेक्सले इन्द्रेणी एकिकृत बिकास केन्द्रलाई ३५/३५ मिनेटको निर्धारितमा दुबै तर्फ एक/एक थपिएको १०/१० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेकरमा पनि दुबै तर्फ ४/४ गोल भए पछि खेल सडेन डेथबाट टुंगिएको हो । सडेन डेथमा जोन तामाङले प्रहार गरेको वल विपक्षि गोलरक्षक समिर सुवेदीले उत्कृष्ट बचाउ गर्दा ए-पेक्सले क्वाटरफाइनलमा यात्रा बनाउन सफल भयो ।

ए-पेक्सका आयुष गुरुङले सडेन डेथमा गोल गरे । टाइृब्रेकरमा एपेक्सका सुब्बा थापा, रोशन कुनवार, सोनिक श्रेष्ठ र अस्विन गुरुङले गोल गर्दा अविशेक श्रेष्ठले गोल गर्न चुके । त्यस्तै इन्द्रेणीका विनय तामाङ, भिर तामाङ, कुसल तामाङ र रोकेश राईले टाईब्रेकरमा गोल गर्दा आइते तामाले गोल गर्न चुके । निर्धारित समयमा इन्द्रेणीका साइमन तामाङले खेलको ३५ औं मिनेटमा र ए पेक्सका सोनित श्रेष्ठले ४५ औं मिनेटमा गोल गरेका हुन्।

मंगलबारको तेश्रो खेलमा नव आर्दश सामुदायिक विकास समाजले ड्याम सायड क्लवलाई २-० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनायो । नव आर्दशको जितमा खेलको ४ मिनेटमै पुनल राई र खेलको ६८ मिनेटमा सन्नी गुरुङले गोल गरे । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको अध्यक्ष गुरुङले बताए । तल्लो स्तरबाटै फुटवल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ । यसैबिच बुधबार प्रि-क्वाटर फाइनलका तीन खेलहरु हुने भएका छन्।



Tags: ,