पोखरा पस्याङको खुडेपोखरीमा डुबेर बालकको मृत्यु

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०७९ मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा रहेको खुडेपोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

सोमबार राति घर नआएपछि खोजी गर्ने क्रममा खुडेपोखरीमा डुबेको अवस्थापमा ४ बर्षिय सुहान केसी फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सोमबार राती सम्म घर नआएपछि खोजी भएको थियो तर मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ । उनको पोष्टमार्टका लागि अस्पताल लगिएको छ ।