
पोखरामा बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ
पोखरा, ९ फागुन/ सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको २३ औ सस्करण बुधबारदेखि पोखरा शुरु हुदैछ । सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा हुनेछ ।
प्रतियोगितामा ३१ व्यवासयीक र १४ एमेच्योर खेलाडीहरुले भाग लिने प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका महासचिब दिपक आर्चायले जानकारी दिए । प्रतियोगितमा पोखरा, धरान, काठमाडौं लगायत अन्य जिल्लाका व्यवसायिक गल्फरले तीन दिन सम्म प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९०, तेस्रो हुनेले ६७ हजार नगद पुरस्कार प्राप्त गर्ने आर्चायले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने उनले बताए ।
पोखरा–१४ छिनेडाडाँस्थित कोर्षमा बुधबारदेखि हुने प्रतियोगिताको लागि आवश्यक कोर्ष पूर्ण रुपमा तयारी गरिएको कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले जानकारी दिए । गत वर्ष २२ औं संस्करणमा ४ अण्डर २०३ खेल्दै एमेच्योर खेलाडी सुभाष तामाङले उपाधि जितेका थिए ।
प्रतियोगितामा नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा, रामे मगर, सुभाष तामाङ, सद्धाब आर्चाय लगाएतले प्रतियोगितमा भाग लिएका छन् ।





