
पोखराको लेखनाथमा बस खोलामा खस्यो तस्बिरः सन्दिप पौडेल
पोखरा, ७ फागुन/ पोखरा महानगरपालिका वडा २६ डाडानाक प्रहरी चौकी नजिकै बस दुर्घटना भएको छ । लेखनाथ माईक्रोको ६७४७ नम्बरको बस प्रहरी चौकी नजिक खोलामा खसेको हो ।
घाइतेहरुको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । बसमा अधिकांश पोखरा विश्वविद्यालयबाट फर्किदै गरेका विद्यार्थीहरु रहेको छन् ।





