जनताले सुख र शान्ति पाएनन्, राजनीतिक दल र राजसंस्था सहकार्य गरौं– पूर्वराजा ज्ञानेन्द्र

-


     क्लिक गण्डकी     
     फागुन ६ गते २०७९ मा प्रकाशित


ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह

काठमाडौं, ६ फागुन, पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्नु आवश्यक रहेको बताए ।

पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ ।

राज्य सत्ताको बागडोर ज–जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।