
अनिल सुबेदी
पोखरा, ४ फागुन/ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत अनिल सुवेदी प्रदेश निजामती सेवा पुरस्कारमा छनौट भएका छन् ।
कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत सातौ तहमा कार्यरत सुबेदी गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा घोषणा गरेको हो ।
उनले नगद ५० हजार सहित सम्मानपत्र प्राप्त गर्ने छन् । पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरेको उपल्यक्षमा १० जना कर्मचारीलाई पुरस्कारका लागि छनौट गरेको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले १० जना कर्मचारीलाई पुरस्कार घोषणा गरेको छ ।
(क) उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारः रु १ लाख
(१) मनमायाँ भट्टराई पंगेनी, सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा ।
(ख) उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारः रु ७५ हजार
(१) पूर्णेश्वर सुवेदी, अधिकृत दशौं डिभिजन वन कार्यालय, लमजुङ
(२) डिल्लीराम रिज्याल, अधिकृत दशौं, यातायात व्यवस्था कार्यालय, सवारी कास्की ।
(३) बाबुराम आचार्य, वरिष्ठ जनस्वास्थ्य अधिकारी, स्वास्थ्य कार्यालय, मनाङ ।
(ग) प्रदेश निजामती सेवा पुरस्कारः रु ५० हजार
(१) करुणा राई, अधिकृत आठौं, प्रदेश संग्राहलय, पोखरा
(२) विवेक सिग्देल, इन्जिनियर, पूर्वाधार विकास कार्यालय, मुस्ताङ ।
(३) अनिल सुवेदी, अधिकृत सातौं, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरा
(४) रामेश्वर ढुंगाना, अधिकृत छैटौं, आर्थिक मामिला मन्त्रालय, पोखरा
(५) विष्णु पोखरेल पौडेल, सहायक पाँचौ, प्रदेश लोक सेवा आयोग, पोखरा
(६) सुर्य बहादुर बानियाँ, सहायक पाचौ, गण्डकी प्रदेश सभा सचिवालय ।





