
सार्वजनिक विदा
पोखरा, २९ माघ/ सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।





