
सरकारले भुक्तानी दिननसक्दा निर्माण व्यवसायी मर्कामा– अध्यक्ष सिंह
पोखरा, २९ माघ/ नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले पछिल्लो समयको आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए ।
उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले लक्ष्य अनुसार राजश्व उठाउन नसकेको, साधारण खर्च गर्न पनि हम्मे हम्मे परेको र विदेशबाट आउन अनुदान पनि घटेको बताए ।
उनले निमार्णको काममा लामो सयम देखी अवरोधहरु आएको बताए । असारमा १२ औ सम्सोधन, निर्वाचन, पुषमा क्रसरमा सरकारले लगाएको बन्देज लगाएतले निर्माणमा अवरोध भएको बताए । सरकारले योजनाहरु ल्याएपनि त्यसलाई बजेट सुनिस्चित नगर्दा व्यवासयीहरु मारमा पर्ने गरेको बताए । उनले सरकारले विभिन्न आयोजनाहरुको भुक्तानी समयमै नगरेर व्यवसायीलाई दःुख दिएको गुनासो गरे ।
निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाई हुँदा व्यवसायी मारमा परेको दुखेसो पोखे । रसिया युक्रेन युद्ध र महंगीका कारण नेपालको निर्माण व्यवसाय प्रत्यक्ष प्रभावित भएको भनाई उनको थियो ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आवश्यकता रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल लगाएतले व्यवसायीका समस्याका बारेमा छलफल आवश्यक रहेको बताए ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । कोषाध्यक्ष उत्तम सिग्देलले चालू आर्थिक वर्ष बजेट प्रस्तुत गरेका थिए ।





