
यती विमान दुर्घटना
पोखरा, ४ माघ/ यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ ।
एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय सगँ कुराकानी र उडानमा संलग्नहरु छलफल गर्ने छ ।
नेपाल सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै रहेर छ । उनीहरुले पनि दुर्घटनको कारण बारे अनुसन्धान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
जहाँजको ब्ल्याक बक्स फेला परिसकेको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा आउदै गरेको जहाज पोखरा ७ र पोखरा १५ को सेती नदी खोचमा जहाज दुर्घटनामा परेको थियो ।
जहाजमा ७२ जना रहेकोमा ७१ जनाको शव भेटिएको छ भने १ जना बेपत्ता छन् । दुर्घटना स्थललाई सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले शुरक्षा दिएर राखेको छ ।





